हाइलाइटहरू:

नियमित ओपीडी

  • आइतवार-शुक्रवार बिहान १० बजे देखि दिउँस ३ बजे सम्म
  • दर्ता शुल्करु. २०
आपतकालिनको लागि +977 95520151, +97795520065,9858775031मा कल गर्नुहोस्

आकस्मिक सेवा

  • आइतवार-शनिवार २४ घण्टा
  • दर्ता शुल्करु. ५०
आपतकालिनको लागि +977 95520151, +97795520065,9858775031 मा कल गर्नुहोस्

निजी ओ.पी.डी

  • आइतवार-शुक्रवार-
  • दर्ता शुल्क-
तपाईं यस सेवामा डाक्टरहरू छनौट गर्न सक्नुहुन्छ

अस्पतालको परिचय

जिल्ला अस्पताल बैतडी सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला स्थित दशरथचन्द नगरपालिका वडा नं.०४ गोठलापानीमा अवस्थित छसुदूरपश्चिम प्रदेश सरकार मातहत रहेर यस अस्पतालले  सेवा प्रवाह गरिरहेको छ । २०३३ सालमा स्थापित यो अस्पताल वर्षोंदेखि १५ सय्याको अस्पतालको रुपमा सेवा प्रवाह गरिरहेकोमा हाल यो अस्पताल नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार ५० सय्यामा स्तरोन्नति गरिएको छ । यस क्षेत्रका आम समुदायहरुलाइ सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो अस्पतालको महत्वपूर्ण र विशेष भूमिका रहेको छ ।अस्पताललाई व्यवस्थित तुल्याउनका लागि आवश्यकताका आधारमा व्यवस्थापन र सुविधाजन्य भवन हस्तान्तरणको प्रक्रियामा रहेका छन् । अस्पतालको सेवा प्रवाह गर्न  हाल अस्पतालले इमर्जेन्सी , ओ.पि.डी.,इन्डोर,रेडियोलोजि, ल्याब,मोलिक्युलर (पि.सि.आर.) ल्याब,डेन्टल  विभाग कायम गरि  सेवा प्रदान गरिरहेको छ ।स्वास्थ्य उपचार गर्नको लागि यस क्षेत्रका आम नागरिकले भारत, डडेल्धुरा, धनगढी लगायत धेरै टाढा धाउनुपर्ने बाध्यात्मक समस्यालाई  केही हदसम्म  न्युनिकरण गरेको छ । यस अस्पताललाइ अझ बढी सुविधा सम्पन्न बनाउन तथा गुणस्तरिय सेवा प्रवाह गर्नका  लागि यस क्षेत्रको जनसमुदाय, सम्पूर्ण सरोकारवालाहरु, स्थानिय,प्रदेश,संघिय सरकारबाट  सहयोगको अपेक्षा गरिन्छ ।

धन्यवाद ।

अस्पतालको कार्यविवरण

सूचना र समाचारहरू

सूचनाहरू

प्रेस विज्ञप्ति

50

कुल बेड

8

कुल डाक्टर

17

कुल नर्स

72

कुल कर्मचारी