परिचय

जिल्ला बैतडी अस्पताल

जिल्ला अस्पताल बैतडी सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला स्थित दशरथचन्द नगरपालिका वडा नं.०४ गोठलापानीमा अवस्थित छसुदूरपश्चिम प्रदेश सरकार मातहत रहेर यस अस्पतालले  सेवा प्रवाह गरिरहेको छ । २०३३ सालमा स्थापित यो अस्पताल वर्षोंदेखि १५ सय्याको अस्पतालको रुपमा सेवा प्रवाह गरिरहेकोमा हाल यो अस्पताल नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार ५० सय्यामा स्तरोन्नति गरिएको छ । यस क्षेत्रका आम समुदायहरुलाइ सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो अस्पतालको महत्वपूर्ण र विशेष भूमिका रहेको छ ।अस्पताललाई व्यवस्थित तुल्याउनका लागि आवश्यकताका आधारमा व्यवस्थापन र सुविधाजन्य भवन हस्तान्तरणको प्रक्रियामा रहेका छन् । अस्पतालको सेवा प्रवाह गर्न  हाल अस्पतालले इमर्जेन्सी , ओ.पि.डी.,इन्डोर,रेडियोलोजि, ल्याब,मोलिक्युलर (पि.सि.आर.) ल्याब,डेन्टल  विभाग कायम गरि  सेवा प्रदान गरिरहेको छ ।स्वास्थ्य उपचार गर्नको लागि यस क्षेत्रका आम नागरिकले भारत, डडेल्धुरा, धनगढी लगायत धेरै टाढा धाउनुपर्ने बाध्यात्मक समस्यालाई  केही हदसम्म  न्युनिकरण गरेको छ । यस अस्पताललाइ अझ बढी सुविधा सम्पन्न बनाउन तथा गुणस्तरिय सेवा प्रवाह गर्नका  लागि यस क्षेत्रको जनसमुदाय, सम्पूर्ण सरोकारवालाहरु, स्थानिय,प्रदेश,संघिय सरकारबाट  सहयोगको अपेक्षा गरिन्छ ।

धन्यवाद ।